Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


भोटेबहालमा लकडाउनको मारमा परेका विपन्न वर्गलाई निशुल्क भोजन (भिडियो)


0
Shares

काठमाडौं । काठमाडौंको भोटेबहालस्थित उपभोक्ता समितिले लकडाउनको मारमा परेका विपन्न वर्गलाई निशुल्क भोजनको व्यवस्था गरेको छ ।

यसबाट दैनिक ज्याला मजदुरी गर्ने लगायत लकडाउनका कारण दुई छाक जोहो गर्न समस्या परेकाहरुले राहत महशुस गरेका छन् ।

काठमाडौंको भोटेबहालमा स्थानीय उपभोक्ता समितिले बिहान १० बजेदेखि दिनको दुई घण्टा निशुल्क भोजन गराइरहेको छ ।

यहाँ दैनिक करिब चार सय जनाले सामाजिक दूरीको कायम गरी खाना खाने गरेका छन् । खाना खान आउन समेत नसक्नेहरुलाई भने उनीहरु बसेकै ठाउँमासम्म खाना लाने ब्यबस्था मिलाइएको छ ।

स्थानीय उदय भट्टचनले लकडाउन पछि विपन्न वर्गका मानिस भोकै पर्ने देखेकाले राहत वितरण गर्नुभन्दा खानाको ब्यबस्था गर्दा बढी सहयोग पुग्ने देखेर निशुल्क भोजन शुरु गरेको बताए ।

निशुल्क भोजनका लागि दैनिक ४० किलो चामल, ७ किलो दाल र तरकारी आवश्यक पर्ने गर्दछ । यसका लागि दिनको १२ हजारको हाराहारीमा खर्च हुने गरेको छ ।

एकल खर्चमा खाना खुवाउने प्रबन्ध मिलाईए पनि टोलका केही मनकारीहरुले पनि यसमा साथ दिएका छन् । केहीले स्वयमसेवीको भूमिका समेत खेलेका छन् । 

लकडाउनले गर्दा दैनिक श्रम गर्न नपाएर भोक भोकै बस्नुपर्ने अबस्थामा पुगेकाहरु यसरी निशुल्क खाना खान पाउँदा खुशी छन् ।

बेलुकाको खानाको पनि यसरी नै कसैले व्यवस्था गरिदिन्छ कि भन्ने आश उनीहरुको छ ।