Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


कोरोनाको संक्रमण रोक्न अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गर्न राष्ट्रिय योजना आयोगको सुझाव


0
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगले कोरोना भाइरसको संक्रमण रोक्नका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्न सुझाव दिएको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि एकीकृत आपतकालीन तथा अल्पकालीन प्रतिकार्य तथा व्यवस्थापन योजना तर्जुमा गर्न सरकारलाई सुझाव दिएको हो ।

अहिले विकासभन्दा पनि मानव स्वास्थ्य प्राथमिकतामा राख्नुपर्ने आयोगको धारणा छ ।

सरकारी तथा गैरसरकारी सबै निकाय प्रतिबद्ध भएर कोरोना भाइरसको महामारी नियन्त्रण तथा सुधार योजनाको विषयगत रणनीति तथा कार्यक्रम तयार गर्नुपर्ने आयोगले बताएको छ ।

त्यसरी बन्ने कार्ययोजनामा आपत्कालीन तथा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति समावेश हुनुपर्ने प्रस्ताव गरिएको छ ।

निजी क्षेत्रलाई दिनुपर्ने आर्थिक प्रोत्साहनका कार्यक्रम तत्काल ल्याउन उसले सुझाव दिएको छ ।

यस्तै आयोगले विभिन्न क्षेत्रमा परेको प्रभावको विश्लेषण र क्षेत्रीय र अन्तर्राष्ट्रिय अवस्थाको मूल्यांकन गरी मानवीय, सामाजिक, आर्थिक क्षेत्रमा परेको असर न्यूनीकरण गर्न पनि सुझाव दिएको छ ।

कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्केकालाई कृषि क्षेत्रमा उपयोग गर्ने नीति अख्तियार गरी सो अनुसार कार्यक्रम तर्जुमा गर्न आयोगको सुझाव छ ।