Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न


0
Shares

ललितपुर । बर्षा र सहकालका देवता करुणामय बुंगद्यः अर्थात रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ ।

महास्नानका लागि रातो मच्छिन्द्रनाथको मूर्ति तःबहालस्थित मन्दिरबाट खटमा राखेर लगनखेल डबलीमा पुर्‍याइएको हो ।

रातो मच्छिन्द्रनाथका पुजारी पानेजुहरुले चाँदीका चार घडाले चार दिशाबाट पञ्चामृतले स्थान गराउने चलन रहेको छ ।

महास्नान सम्पन्न भएपछि पुनः मूर्तिलाई खटमा राखी तःबहालस्थित मन्दिरमै पुर्‍याने गरिएपछि नेवार परम्परा अनुसारका दश कर्म पूजा गर्ने परम्परा समेत रहेको छ ।

यस महास्नान कार्यमा ललितपुरकी कुमारी पनि लगनखेलस्थित कुमारी पाटीमा विराजमान गराइने परम्परा रहेको छ ।

यही दिन ललितपुरको पुल्चोकमा सबैभन्दा लामो जात्राको लागि रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य आरम्भ गर्ने चलन रहेकोमा यस बर्ष कोरोनाको संक्रमणको जोखिमका कारण रथ निर्माण कार्य भने शुरु गरिएको छैन 

Skip This