Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


कोरोना कोषमा एक अर्ब ८८ करोड रुपैयाँ जम्मा


0
Shares

काठमाडौं, चैत २६ । सरकारले कोरोनाभाइरस संक्रमण रोकथामका लागि स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बुधबारसम्म करिब दुई अर्ब रुपैयाँ संकलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाअनुसार बुधबार साँझ ५ बजेसम्म एक अर्ब ८८ करोड रुपैयाँ जम्मा भएको छ ।

बुधबार दुई करोड ७१ लाख पाँच हजार छ रुपैयाँ कोषमा जम्मा भएको छ । योसँगै अहिलेसम्म एक अर्ब ८८ करोड २९ लाख ३९ हजार ५३ रुपैयाँ कोषमा जम्मा भएको हो ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सले २४ लाख ३४ हजार, अर्थ मन्त्रालयले ११ लाख ९६ हजार, राष्ट्रिय समाचार समितिले पाँच लाख ८३ हजार, डिपार्टमेन्ट अफ हाइड्रोलोजीले चार लाख ३३ हजार, नारायणी अस्पतालले चार लाख ३१ हजार, रक्षा मन्त्रालयले दुई लाख ६७ हजार, न्याय परिषद् सचिवालयले दुई लाख ४३ हजार रुपैयाँ जम्मा गरेका छन् ।

त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महिला आयोगले समान एक लाख ९४ हजार रुपैयाँ जम्मा गरेका छन् ।

त्यस्तै, अहिलेसम्म नाम नखुलेको विभिन्न व्यक्ति तथा संस्थाबाट दुई करोड आठ लाख २० हजार ५८७ रुपैयाँ कोषमा जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।