४ असार २०८२, बुधबार | Wed Jun 18 2025


संसदमा एक सीट मात्रै भएका रनिल बिक्रिमासिंघे प्रधानमन्त्री नियुक्त


16.237k
Shares

काठमाडौं । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त हुनुभएको छ ।

नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएका प्रधानमन्त्री बिक्रमासिंघेलाई राष्ट्रपति गोटाबाया राजापाक्षेले पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।

यसअघि पाँच पटक प्रधानमन्त्री भइसक्नु भएका विक्रमासिंघेलाई धराशायी बनेको मुलुकको अर्थतन्त्र उकास्ने उद्देश्यका साथ प्रधानमन्त्री बनाइएको हो ।

आर्थिक संकटको विरोधमा हिंसात्मक प्रदर्शन भएपछि सोमबार महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

प्रमुख विपक्षी दलहरूले सरकारको नेतृत्व गर्न राष्ट्रपतिले गरेको आह्वानलाई अस्वीकार गरेपछि २२५ सदस्यीय संसदमा एक सिटमात्र रहेको युनाइटेड नेसनल पार्टी (यूपीए) का ७३ वर्षीय विक्रमासिंघे प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।