१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


प्रधानमन्त्रीले कुवेतका प्रधानमन्त्रीसँग टेलिफोन संवाद


0
Shares

काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा कार्यरत नेपालीहरुको सुरक्षा र उपचारबारे चासो दिने क्रममा मंगलबार कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहसँग टेलिफोन संवाद गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणका समयमा त्यहाँ कार्यरत नेपालीको सुरक्षा र कल्याणको बारेमा आफूले चासो राखेको कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको ट्विट मार्फत जनाएका छन् । रासस