३० असार २०८२, सोमबार | Tue Jul 15 2025


भाडा नलिन आग्रहः घरधनीहरु भन्छन्–‘सरकारको अपील व्यावहारिक छैन’ (भिडियो)


13
Shares

नवीन शर्मा र राममान डंगोल (इमेज)

काठमाडौं, चैत २५ । कोरोनाभाइरस संक्रमण फैलिन नदिनका लागि गरिएको ‘लकडाउन’को प्रत्यक्ष मार सर्वसाधारणमा पर्न थालेको छ ।

मुलुकमा परेको विषम परिस्थितिमा सहयोग गर्न सर्वसाधारण र व्यवसायीहरुले सरकारसँग अपील गरेका छन् ।

सरकारले तीन महिनाको घर भाडा नलिन आग्रह गरेपनि अधिकांश घरधनीहरु सरकारको आग्रह पालना गर्ने पक्षमा छैनन् ।

लामो समयको लकडाउनले धेरै मानिसको कामधन्दा गुमेपछि डेरामा बस्नेहरु पनि घरभाडा दिन सक्ने अवस्थामा छैनन् ।

यस्तो विषम परिस्थितिमा एकार्काको पीडा बुझ्नुपर्ने भएपनि अधिकांश घरधनीहरु सरकारको अपील व्यावहारिक नभएको तर्क गरिरहेका छन् ।

घरधनीहरु पनि लकडाउनबाट प्रभावित बनेको भन्दै यस्तो बेला सरकारले बैंकको ऋणको व्याज मिनाहा गरिदिए घरभाडा नलिने तर्क गर्दछन् ।

डेरामा बस्नेहरु भने कामधन्दा सबै चौपट भएर बस्नुपरेको समयमा घरभाडा मिनाहा गर्नुको साटो घरधनीहरुले बारम्बार पीडा दिने गरेको गुनासो गर्छन् ।

उद्योगधन्दा सबै चौपट भएकोले उद्योग–व्यवसाय सञ्चालन गर्ने माहोल नभएसम्म अथवा कम्तीमा तीन महिना घरबहाल मिनाहा गर्न सबैले ठूलो छाती गर्नुपर्ने र सरकारले वित्तीय संस्थाहरुलाई तीन महिनाको व्याजमा छुट दिन आग्रह गर्नुपर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघको माग रहेको छ ।

कोरोनाभाइरस संक्रमणको आतंक कहाँ पुगेर अन्त हुने हो भन्ने टुंगो छैन । यसले सामाजिक–आर्थिकरुपमा कति क्षति गर्छ भन्ने अनुमान गर्न कठिन छ । तर, सरकारले तत्काल त्यसतर्फ ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।

भिडियो हेर्नुहोस्