काठमाडौं, साउन २७ । नेपाली आकाशमा हुँदै आएको हवाइ दुर्घटनालाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न तीनदिने गोष्ठी शुरु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभियसन सेफ्टी क्याम्पेन नेपाल’ कार्यशाला गोष्ठीमा उड्डयन क्षेत्रका सरोकारवालाहरुको सहभागिता छ ।
पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले उद्घाटन गरेको गोष्ठी आगामी मंगलबारसम्म चल्ने छ । बिगतका दूर्घटनाहरुबाट पाठ सिकेर नेपाली आकाशलाई सुरक्षित बनाउन यस्ता गोष्ठी फलदायी हुने आयोजक समितिका सदस्य क्याप्टेन रवि कंसाकारले बताए ।
गोष्ठीमा उडानका क्रममा विमान कम्पनी, कर्मचारी र यात्रुले अपनाउनु पर्ने सुरक्षा सावधानीको विषयमा पनि छलफल हुने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्