बासुदेव बर्मा
कपिलबस्तु, साउन २७ । कपिलबस्तुमा उखु कृषकहरु अनुदानको रकम नपाएपछि आन्दोलित भएका छन् ।
सरकारले आर्थिक बर्ष ०७१/७२ मा प्रतिक्विन्टल २५ रुपयाँको दरले अनुदान दिने भने पनि अहिलेसम्म अनुदान रकम नपाएपछि किसानहरु अन्दोलित भएका हुन् । आन्दोलित किसानहरुले इलाका प्रशासन कार्यालय चन्द्रौटामा धर्ना दिएका थिए ।
जिल्लामा करिब २ लाख ५० हजार रकम उखु किसानहरुको बक्यौता छ । सम्पूर्ण प्रक्रिया पुरा गरे पनि रकम पाउन नसकेको कपिलबस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए । पटक पटक सरकारको ध्यानाकर्षण गरे पनि अनुदान नपाएको चौधरीले गुनासो गरे ।
सुगर मिलले कागजपत्रमा ढिलाई गरेकोलगायतका कारण देखाउँदै सो रकम नदिइएको चौधरीको गुनासो छ ।
कपिलवस्तुमा ७ हजार उखु कृषकले सो अनुदान पाउन सकेका छैनन् । अनुदान रकमको माग गर्दै साउन २९ गतेदेखि अनिश्चितकालका लागि कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीसहितको टोली अनशन बस्ने कार्यक्रमसमेत रहेको किसानहरुले जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्