२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


शुक्लागण्डकीका उपमेयरका उम्मेदवार कांग्रेस प्रवेश


3.406k
Shares

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी,लेनिनवादी ) बाट उपमेयर पदका उम्मेदवार बन्नु भएका शिव प्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

नेपाली काँग्रेस शुक्लागण्डकी वडा नम्बर–९ ले आयोजना गरेको चुनावी सभामा लम्साल नेपाली कांग्रेस प्रवेश गर्नुभएको हो । लम्साललाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेस गराउनु भएको हो । लम्सालले कांग्रेस प्रवेश गरेसँगै आफ्नो उम्मेदवारी कायम नरहेको र नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार कृष्ण राज पण्डित सहितको गठबन्धन टिमलाई समर्थन सहित सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको तनहुँ काँग्रेसले जनाएको छ ।