३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


अफगानिस्तानमा शान्ति स्थापनाका लागि भएको सम्झौता पूर्णरुपमा पालना गर्न अमेरिकालाई तालिवानीहरुको आग्रह


0
Shares

एजेन्सी । तालिवानले अफगानिस्तानमा शान्ति स्थापनाका लागि संयक्त राज्य अमेरिकासँग शान्ति सम्झौता गर्ने चरणमा पुगेको बताएको छ ।

अमेरिकाले लामो समयदेखि शान्ति स्थापनाका लागि गरेको प्रयास सफल नभइरहेका बेला तालिवानीहरुको उक्त भनाइ आएको हो ।

पछिल्लो समय भएको सहमतिअनुसार अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिकलाई क्रमशः घर फर्काउने र दुवै देशले एकअर्कामाथि हमला नगर्ने बताइएको थियो ।

तर एक आपसमा विश्वासको वातावरण नबन्दा अमेरिकी सैनिक फिर्ता हुन सकेका छैनन् ।

तालिवानी लडाकूहरुले अमेरिकाले अझै पनि आफ्ना प्रतिवद्धताविरुद्ध ग्रामीण इलाकाहरुमा रहेका प्रहरी चौकीमा आक्रमण जारी राखेकाले तत्काल उक्त कदम नसच्याए थप हिंसा बढ्ने चेतावनी दिएको छ ।

अमेरिकाको कदमले विश्वासको वातावरण बन्न नसकेको तालिवानी लडाकूहरुले जनाएका छन् ।

तालिवानीहरुले गम्भीर भएर आफ्नो सम्झौता पालना गर्न अमेरिकासँग पटक पटक आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यस्तै तालिवानी लडाकूहरुले बन्दी बनाएका एक हजार सरकारी कर्मचारी र सरकारले बन्दी बनाएका पाँच हजार तालिवानी लडाकूहरु रिहा गर्न भएको ढिलाइप्रति समेत चिन्ता व्यक्त गरिएको छ ।

यता अमेरिकी सेनाले तालिवानीहरुको दावीलाई अस्विकार गर्दै सम्झौताको सैन्य सर्त मान्य हुने स्पष्ट पारेको छ ।

गत फेब्रुअरीमा अमेरिका र तालिवानी लडाकूका प्रतिनिधिबीच अफगानमा जारी तनाव अन्त्य गरेर शान्ति स्थापना गर्न सहमति भएको थियो ।

उक्त सहमतिमा दुवै तर्फका शर्तहरु पूर्ण रुपमा पालना हुन नसकेको एकअर्काले आरोप लगाउँदै आएका छन् ।