
काठमाडौं, चैत २२ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति सरकारले स्थापना गरेको राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले सहयोग रकमले कोरोनाभाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यकता एवं उपभोग्य सामग्रीहरुका निम्ति टेवा पुग्ने विश्वास व्यक्त गरेकोे छ ।
प्रतिक्रिया दिनुहोस्