Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


काँग्रेसका भातृ संगठननहरुको अधिवेशन स्थगित गर्न निर्देशन


65
Shares

काठमाडौं। नेपाली काँग्रेसले केही भ्रातृसंघ र शुभेच्छुक संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन÷महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन आसपास भातृ संस्थाहरुको अधिबेशन/महाधिवेशन सम्भव नभएकाले स्थगित गर्न अनुरोध गर्नुभएको छ ।

बिज्ञप्तिमा पार्टी आवद्ध भ्रातृ संघ र शुभेच्छुक संस्थाहरु स्थानीय तह निर्वाचन परिचालन तथा प्रचार प्रसार लगायतका कार्यमा क्रियाशील रहेकोले केही भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुको पूर्व निर्धारित अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचनको मिति आसपास गर्न सान्र्दभिक र सम्भव नदेखिएकोले निर्देशानुशार स्थगित गर्न भनिएको छ ।

विज्ञप्तिमा वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी वनाउन खटिनुपर्ने भएकाले अधिवेशन सम्भव नहुने भन्दै पूर्वनिर्धारित अधिवेशनहरू स्थगित गर्नुपर्ने उल्लेख छ ।