३० असार २०८२, सोमबार | Mon Jul 14 2025


डडेल्धुरामा संघ–संस्थाद्वारा राहत वितरण


0
Shares

डडेल्धुरा, चैत २२ । ‘लकडाउन’का कारण डडेल्धुरा जिल्लाका दैनिक ज्यालादारीमा काम गर्ने र विपन्न वर्गका परिवार खाद्यान्न संकटको मारमा परेका छन् ।

खाद्यसंकट पर्न थालेपछि दैनिक ज्यालादारी र विपन्न परिवारलाई स्थानीय संघ–संस्थाहरुले राहत वितरण गरेका छन् ।

दैनिक ज्यालादारी र विपन्न वर्गका परिवारलाई खाद्यसंकट पर्दासमेत जिल्लाका स्थानीय तह र निर्वाचित जनप्रतिनिधिले प्रभावकारी कदम चाल्न नसकेको अवस्थामा स्थानीय समाजसेवीहरुले खाद्यान्न वितरणलाई ग्रामीणमुखी बनाएका कारण विपन्न वर्गका परिवारलाई केही राहत भएको छ ।

दैनिक आय–आर्जनका माध्यमहरु बन्द भएसँगै खाद्यान्नको अभाव झेलिरहेका दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुलाई स्थानीय संघ–संस्थाले घर–घरमा पुगेर चामल, पिठो, तेल, मसला, नुन, दाललगायतका सामग्री वितरण गरेका हुन् ।