१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


अमेरिकालाई टर्कीको धम्कीः घुँडा टेक्ने पक्षमा छैनौं


0
Shares

काठमाडौं । टर्कीका राष्ट्रपति रेचेप तैएप अर्दोगानले अमेरिका टर्कीलाई घुँडा टेकाउने पक्षमा रहेकाले आफनो देशलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

टर्की कारागारमा रहेका पादरी बु्रसनको रिहाईको माग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नगरिए टर्कीमाथि कडा प्रतिबन्ध लगाउने चेतावनी दिएपछी अर्दोगानको यो भनाई सार्वजनिक भएको हो ।

टर्कीमा आयोजित एक र्‍यालीमा राष्ट्रपति अर्दोगानले अमेरिकी धम्कीको खिल्ली उडाउँदै एउटा पादरीका लागि यस्तो गर्दा अमेरिकाले लज्जाबोध गर्नुपर्ने बताए ।

पादरी ब्रुसन भने षडयन्त्रकारीको आरोपमा टर्कीमा पक्राउ परेका थिए ।

यसैबीच अमेरिकाले स्टील, आल्मुनियमको आयातमा कर बृद्धी गरी दोब्बर बनाएको छ जसका कारण टर्कीको आर्थिक बृद्धीदरमा १६ प्रतिशतले गिरावट आएको छ

सिरियाप्रतिको नीति र रुससँगको सम्बन्ध विस्तारका कारण पनि अमेरिका टर्कीप्रति रुष्ट बनेको हो । (एजेन्सी)