
बागलुङ, चैत २० । पछिल्लोपटक कोरोनाको संक्रमण देखिएकी बागलुङकी महिला बेल्जियमबाट स्वदेश फर्किएको खुलेको छ ।
बागलुङ नगरपालिका–३, गौडाकोट निवासी ती महिला बेल्जियममा रहेकी छोरीलाई भेटेर फर्किएकी हुन् ।
यसअघि, कतार एअरवेजको फ्लाइट नम्बर ६५२ मार्फत् नेपाल आएका दुई युवतीमा पनि कोरोना संक्रमण भेटिएको थियो ।
छोरी भेटेर दुई सातामै नेपाल फर्किएकी महिलामा कुनै लक्षण नदेखिएको भन्दै उनको स्वाबको नमुना संकलन गरिएको थिएन ।
बागलुङमा जोखिम बढ्दै गएपछि एकै विमानमा आएका बागलुङका चारैजनाको स्वाब परीक्षणका लागि दबाब बढेपछि नमुना पठाइएको थियो ।
संक्रमित बागलुङकै अर्की युवती र महिला सवार विमानमा आएका जिल्लाको ढोरपाटनका एक युवा र बागलुङ नगरपालिकाकै अर्का युवकको ‘रिपोर्ट’ भने ‘नेगेटिभ’ आएको छ ।
प्रतिक्रिया दिनुहोस्