२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


सेती प्रादेशिक अस्पतालबाट पनि कोरोनाको परीक्षण सुरु


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, चैत २० । सेती प्रादेशिक अस्पताल धनगढीबाट ‘कोभिड–१९’ को प्रयोगशाला जाँच सेवा बिहीबारबाट सुरु भएको छ ।

अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले आजबाट कोरोनाको प्रयोगशाला जाँच सुरु भएको जानकारी दिए ।

उनले एउटा नमुनाको रिपोर्ट आउन करिब डेढ घन्टा लाग्ने बताए ।

यसअघि, कोभिड १९ को नमुना संकलन गरी काठमाडौं पठाउने गरिएको र त्यसको रिपोर्ट आउन हप्ता दिन लाग्ने गरेकोमा अब सेती प्रादेशिक अस्पतालबाटै उक्त सेवा लिन सकिने भएको छ ।