
जनकपुरधाम, चैत २० । धनुषाको जनकपुर अटोमोबाइल डिलर एसोसिएसनले विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।
‘लकडाउन’का कारण दैनिक हातमुख जोर्नै समस्या भएका गरिब र दलित परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो ।
अटोमोबाइल डिलर एसोसिएसनले १५० परिवारलाई चामल, दाल, आलु, प्याज, नुन र तेलसहितका खाद्य सामग्री वितरण गरेको हो ।
बिहीबार पतञ्जलि योग शिविरमा व्यवस्थित दूरी कायम गर्दै राहत वितरण गरिएको थियो । त्यसक्रममा मास्क, ग्लोब्स र साबुनसमेत वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्