३० असार २०८२, सोमबार | Mon Jul 14 2025


किसानको खेतमै व्यापारी


0
Shares

सर्लाही, चैत २० । सर्लाहीको लालबन्दीमा व्यापारीहरु किसानको खेतबारीमै गएर तरकारी खरिद गर्न थालेका छन् ।

तरकारी संकलन केन्द्रमा किसान आउँदा भीड हुने भएकाले व्यपारीलाई खेतमा गएर तरकारी खरिद गर्न आग्रह गरेको लालबन्दी नगरपालिकाका नगरप्रमुख मानबहादुर खड्काले बताए ।

लालबन्दीका किसानले उत्पादन गरेको तरकारी काठमाडौं, पोखरा, विराटनगर, भैरहवा, हेटौंडालगायतका सहरमा दैनिक ८ देखि १० ट्रक लैजाने गरेको भएपनि पछिल्लो समय दुईदेखि तीन ट्रकमात्र पठाइएको छ ।