२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


बन्द गार्मेन्ट उद्योगमा अस्थायी अस्पताल सञ्चालन


0
Shares

बारा, चैत २० । बाराको पथलैयानजिक बन्द गार्मेन्ट उद्योगमा कोरोनाभाइरस उपचारको लागि बनाइएको अस्थायी अस्पताल बिहीबारदेखि सञ्चालनमा आएको छ ।

५०० शय्याको ‘क्वारेन्टाइन’ र १०० शय्याको ‘आइसोलेसन’कक्ष बनाउन सकिने भएपनि हाललाई ७० शय्याको क्वारेन्टाइन र २६ ओटा आइसोलेसन शय्या सञ्चालनमा ल्याइएको छ ।

२८ जना चिकित्सकसहितको टोली रहने उक्त अस्पतालमा छजना चिकित्सकले चौबिसै घन्टा सेवा दिने जनाइएको छ ।

जितपुर–सिमरा उपमहानगरपालिका, राजनीतिक दल, स्थानीय प्रशासन र संघ–संस्थाको सहयोगमा अस्पताल सञ्चालनमा आएको हो ।