२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


लमजुङमा ‘फिभर क्लिनिक’ सञ्चालन


0
Shares

लमजुङ, चैत २० । कोरोनाभाइरस संक्रमणको आशंका भएका बिरामीको जाँच तथा उपचारका लागि लमजुङका दुईओटा सामुदायिक अस्पतालमा ‘फिभर क्लिनिक’ सञ्चालन गरिएको छ ।

बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल र सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतामा फिभर क्लिनिक सञ्चालन गरिएको हो ।

यी दुवै अस्पतालमा बहिरंग सेवा बन्द गरिएको छ ।

अस्पतालको आकस्मिककक्षमा जानुअघि ज्वरो, रुघा–खोकीका बिरामीलाई फिभर क्लिनिकमै जाँच गरिएको लमजुङ सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा पाँच बेड क्षमताको ‘आइसोलेसन’कक्षसमेत बनाइएको छ । संक्रमणको आशंका देखिएका बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिने बताइएको छ ।

उता, सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालका अध्यक्ष परमेश्वर अधिकारीले ज्वरो आउने, रुघा–खोकी लाग्नेजस्ता लक्षण देखिएका बिरामीका लागि फिभर क्लिनिकमा उपचार गर्न थालिएको जानकारी दिए ।

कोरोना संक्रमणको लक्षण देखिएकाहरुका लागि आठ बेड क्षमताको आइसोलेसनकक्षमा राखेर उपचार गरिने छ ।

फिभर क्लिनिक सञ्चालन गर्ने अस्पताललाई प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट दिएको छ ।