२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


अदालतबाट राजनीतिक फैसला गर्ने परम्परा अन्त्य हुनुपर्छ : शंकर पोखरेल


442
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालतबाट राजनीतिक फैसला गर्ने परम्परा अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले राजनीतिलाई अदालत भित्र प्रवेश गराउने, राजनीतिमा अदालत प्रवेश गर्ने लोकतन्त्रका लागि हानिकारक हुने बताउनुभयो ।

अहिलेको चुनावी गठबन्धन सत्ता स्वार्थका लागि भएको बताउँदै उहाँले गठबन्धनमा कुनै लक्ष्य, उद्देश्य नभएको बताउनुभयो । गठबन्धन एमालेलाई जितबाट रोक्न् भएको दाबी गर्दै महासचिव पोखरेलले एमालेकै नेतृत्वमा ठूला–ठूला प्रोजेक्ट अघि बढेको बताउनुभयो ।