Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


केशव स्थापितको गेम इज ओभर : डा. महत


2.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमाले नेता केशव स्थापितलाई मेयरमा जित्छु भन्ने सपना नदेख्न आग्रह गर्नुभएको छ ।

बिहीबार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताउनुभएको हो ।

उहाँले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवार दर्ता गराएका नेकपा एमालेका नेता केशव स्थापितलाई फेरि काठमाडौंको मेयरमा फर्किन्छु भन्ने सपना नदेख्न आग्रह गर्नुभयो ।

‘हाम्रो स्थापितजीको मैले सुनिरहेको थिएँ नोमिनेशन गरेर निस्किँदै गर्दा गेम इज ओभर रे,’ प्रवक्ता महतले भन्नुभयो, ‘म भन्छु उहाँको गेम इज ओभर, अब बागमतीमा धेरै पानी बगिसकेको छ, फेरि फर्किएर आउँछु भन्ने सपना नदेखे हुन्छ ।’

प्रवक्ता महतले केशव स्थापितले चुनाव नजित्ने दाबी गर्नुभयो । उहाँले नेताहरूले राजनीतिलाई मनोरञ्जनमय बनाएको आरोप लगाउनुभयो ।

‘राजनीति मनोरञ्जन होइन, देश नै मनोरञ्जनमय भएको छ,’ उहाँले थप्नुभयो, ‘हुँदाहुँदा हामीलाई पनि राजनीति नै जसले ज्यादा मनोरञ्जन दिन्छ, त्यसैलाई निर्वाचित गर्ने हो कि भन्ने भ्रम पैदा हुन थालेको छ ।’

प्रवक्ता महतले नेपाली काँग्रेसप्रति नेकपा एमालेका अध्यक्ष ओलीले विभिन्न आरोप लगाएको र निर्वाचन आयोगले जारी गरेको आचारसंहितको धज्जी उडाएको आरोप लगाउनुभयो ।