२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


सामुदायिक प्राकृतिक चिकित्सालय क्वारेन्टाइनमा परिणत


0
Shares

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ स्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई क्वारेन्टाइनमा परिणत गरिएको छ ।

उपचारमा रहेका सबै बिरामीहरुलाई घर पठाएर उक्त भवनलाई क्वारेन्टाइनका रुपमा परिणत गरिएको हो ।

कोरोना भाइरसको संक्रमण बढेपछि चिकित्सालयमा रहेका सबै शैयाहरुलाई क्वारेन्टाइनमा परिणत गरिएको व्यवस्थापक हरि सापकोटाले बताए ।

एक हजार जनासम्मलाई क्वारेन्टाइनमा राख्न सक्ने चिकित्सालयको क्षमता छ । पहिलो चरणमा चिकित्सालयमा रहेका १ सय ५० वटा वेडलाई क्वारेन्टाइन बनाइएको छ ।

३ वटा भवन रहेको चिकित्सालयमा १ सय ५० कोठा छन् । कोठाको अभाव नभएकाले बेडको व्यवस्था भए तत्काल ४ सय ५० जनालाई राख्न सकिनेछ ।

बाहिर रहेको खाली चौरमा थप ५ सय बढीलाई व्यवस्थित गरेर राख्न सकिने क्षमता चिकित्सालयको रहेको छ ।