२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


भोजपुरमा दुई सय २५ क्वारेन्टाइन र ३० आइसोलेशन बेड निर्माण


0
Shares

भोजपुर । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरमा हालसम्म दुई सय २५ क्वारेन्टाइन बनाइएको छ ।

दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको भोजपुरमा जिल्लाभरी दुई सय २५ क्वारेन्टाइन र ३० आइसोलेशन बेडको निर्माण गरिएको हो ।

सदरमुकाम भोजपुरमा ९५, षडानन्द नगरपालिकामा ३०, अरुण गाउँपालिकामा ४०, हतुवागढी गाउँपालिकामा २०, साल्पाशिलिछो गाउँपालिकामा २५, रामप्रसाद राई गाउँपालिकामा १५ गरी दुई सय २५ रहेको छ ।

जिल्लामा हालसम्म १२ जनालाई क्वारेन्टाइनमा राखेर उपचार गरिँदै आएको छ भने ३६ जनालाई होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका सूचना अधिकारी रामप्रसाद लुइँटेलले जानकारी दिए ।

त्यस्तै एक जनालाई थप स्वास्थ्य परीक्षणका लागि सुनसरीस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको लुइँटेलले बताए ।

क्वारेन्टाइनमा राखिएका रुघा खोकीका विरामीको रेखदेखका लागि स्वास्थ्यकर्मीहरु परिचालन गरिएको र खानपानका लागिसमेत उचित प्रवन्ध मिलाइएको जनाइएको छ ।