Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


रुसको दावीमा कुनै सत्यता नभएको युक्रेनी राष्ट्रपतिको दावी


3.5k
Shares

काठमाडौं । युक्रेनको केही भू-भाग कब्जामा लिएकाे रुसकाे दावीमा कुनै सत्यता नभएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दावी गरेका छन ।

रुसले दक्षिणी युक्रेनलाई आफ्नो नियन्त्रणमा लिइसकेको दावी गरेका बेला युक्रेनले आफूलाई थप हतियार उपलब्ध भएको दावी गरेको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले साेही हतियारले रुसको आक्रमण र हजारौं आफ्ना नागरिकको ज्यान बचाउन सहयोग गर्ने समेत बताएका छन। रुसले दक्षिणी युक्रेनलाई आफ्नो नियन्त्रणमा लिइसकेको दावी गरेका बेला युक्रेनले आफूलाई थप हतियार उपलब्ध भएको दावी गरेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किभले मागेका हतियार अन्तत: सहयोगी देशहरुले सहयाेग गरेकाे बताएका छन। रुस र युक्रेनबीच युद्ध जारी भएको आज (शनिबार) ५९ दिन पूरा भएको छ । तर पनि युद्ध रोकिने संकेत भने देखिएको छैन्।

तर रुसका सैन्य अधिकारीहरुले भने रुसलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको बताएका छ्न् । उनीहरुले युक्रेनलाई गैरसैनिकीकरण गर्न र यसको जनसंख्यालाई खतरनातक राष्ट्रवादी भनिने विशेष सैन्य अभियान सञ्चालन गरिरहेको जनाएको छ । युक्रेन र यसका पश्चिमी सहयोगीहरुले रुसको आक्रमणलाई अन्यायपूर्ण आक्रमण भएको टिप्पणी गर्दै आएका छन्।

रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले आर्किभ क्षेत्रमा ठूलो हतियार भण्डार कब्जामा लिएको दावी गरेको छ। त्यसैगरी सो क्षेत्रमा लक्षित गरी दर्जनौं प्रहारहरु गरीएको पनि समाचारमा उल्लेख छ। रुसका सैन्य अधिकारीहरुले रुसलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको बताएका छ्न्।

उनीहरुले युक्रेनलाई गैरसैनिकीकरण गर्न र यसको जनसंख्यालाई खतरनातक राष्ट्रवादी भनिने विशेष सैन्य अभियान सञ्चालन गरिरहेको जनाएको छ । युक्रेन र यसका पश्चिमी सहयोगीहरुले रुसको आक्रमणलाई अन्यायपूर्ण आक्रमण भएको टिप्पणी गर्दै आएका छन् । रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले आर्किभ क्षेत्रमा ठूलो हतियार भण्डार कब्जामा लिएको दावी गरेको छ।

त्यसैगरी सो क्षेत्रमा लक्षितगरि दर्जनौं प्रहारहरु गरिएकाे छ ।