Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


कम्युनिस्ट आन्दोलनका १७ जना योद्धालाई एमालेको सम्मान


130
Shares

काठमाडौं । नेकपा एमालेले कम्युनिष्ट आन्दोनलाई सहयोग पुर्‍याउने १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ ।

एमालेले पोखरा महानगरपालिका-६ कास्कीका स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल, अर्घाखाँचीका नेत्रप्रसाद ढुंगाना र तुलसीराम मिश्र, काठमाडौं महानगरपालिका गमबहालकी नानीमैयाँ नकर्मीलाई सम्मान गरेको छ ।

त्यस्तै, मदन भण्डारीको चुनावी अभियानमा सहभागी हुँदा भएको आक्रमणमा परेर अहिले मस्तिष्क पक्षघातले आक्रान्त गोरखाका कुमार गुरुङलाई समेत एमालेले सम्मान गरेको छ ।

लतिपुरका चतुर व्यञ्जनकार, बागलुङ गलकोटका वसन्त गौचन, पहिले भारतीय कम्युनिस्ट पार्टीका सदस्य लिएर पछि नेपाली कम्युनिस्ट बनेका हरिप्रसाद शर्मा काफ्ले, गायक रामकृष्ण दुवाललाई पनि एमालेले सम्मान गरेको छ ।

सिन्धुपाल्चोकका छत्र बोहोरा, शिक्षक आन्दोलनमा सक्रिया शिक्षक संगठनका पूर्वअध्यक्ष माधवप्रसाद अधिकारी, चुमकला बञ्जाडे, भैरहवा जेल ब्रेकमा सहयोग गरेकी लक्ष्मीराज जोशी, कञ्चनपुरमा जेल तोडेर २०२७ सालमा संगठन विस्तार गरेका झापा आन्दोलनका योद्धा १८ वर्ष जेल बसेका अमर कार्की, फोटो पत्रकार धनुषाका विष्णु डंगोल, पार्टीलाई सेल्टर दिएको कुमारीदेवी महरा चमार र झापाका भिमबहादुर खतिवडालाई पनि सम्मान गरिएको छ ।

उनीहरूको विषयमा सोधखोज गरेर एमालेले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्मान गरेको हो ।