काठमाडौं । रुसले युक्रेनको बन्दरगाह शहर मारियुपोल शहर पूरै कब्जा गरेको दावी गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी सेनाले सो शहर चारैतिरबाट घेरा हाली कब्जामा लिएको जनाउदै रुसको ठूलो जित भएको बताएका हुन् । राष्ट्रपति पुटिनले मारियुपाेल क्षेत्र नियन्त्रणमा लिइसकेको भन्दै अब थप आक्रमण नर्गन पनि आदेश दिएका छन ।
पुटिनले आफूले सुरक्षित रूपमा स्टिल प्लान्ट बन्द गर्न चाहेको बताउँदै सेनालाई उक्त औद्योगिक क्षेत्रमा छेकबार गर्न लगाउने समेत बताएका छन । रुसी सेनाका अनुसार एउटा कारखाना बाहेक अहिले पूरै मारियुपोल शहर रुसी सेनाको नियन्त्रणमा रहेको छ ।
स्टिल कारखानामा भने युक्रेनी लडाकु रहेको जनाइएको छ । उता, अमेरिकाले युक्रेनी लडाकुले अहिले पनि मारियुपाेल शहर नछाडेको दावी गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले गलत सूचना प्रवाह गरेको भन्दै युक्रेनी लडाकु अहिले पनि खटिरहेको दावी गरेका छन ।









प्रतिक्रिया दिनुहोस्