२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


रसुवागढी नाका तत्काल खुल्नेमा आशंका


0
Shares

रसुवा, चैत १५ । सरकारले रसुवागढी नाका खोल्ने तयारी गरेपनि अझै खोल्ने वा नखोल्नेमा अन्योल रहेको छ । 

अत्यावश्यक सामग्री ल्याउनका लागि तयारी थालिएको भएपनि अझै अन्योल छ ।

सरकारले उत्तरी नाका रसुवागढी तथा तातोपानी नाका खोल्ने र अत्यावश्यक औषधि र कोरोना नियन्त्रणको सामग्रीमात्रै ढुवानी गर्ने व्यवस्था गर्ने बताउँदै आएको छ ।

कोरोनाको जोखिम बढ्न सक्ने भन्दै जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, व्यापारी तथा बुद्धिजीवीहरुले तत्काल नाका नखोल्न आग्रह गर्दै आएपछि नाका तत्काल खुल्नेमा आशंका बढ्दै गएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले नाका खोल्ने निर्णय भएको भएपनि कसरी सञ्चालन गर्ने भन्नेबारेमा परिपत्र नआएकाले कुराकानी भइरहेको जानकारी दिए ।