Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


श्रमिकलाई राहत प्याकेज ल्याउन सरकारलाई ट्रेड युनियन कांग्रेसको माग


0
Shares

काठमाडौं, चैत १५ । नेपाल ट्रेड युनियन कांग्रेसले दैनिक ज्यालादारी र अनौपचारिक क्षेत्रका श्रमिकलाई खाद्यान्नसहितको राहत प्याकेज ल्याउन सरकारसमक्ष माग गरेको छ ।

युनियनले शुक्रबार प्रेस विज्ञप्तिमार्फत् हुनेखाने वर्गलाई जति नै दिन लकडाउन भएपनि फरक नपर्ला तर दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई बिहान बेलुकी छाक टार्नसमेत गाह्रो भइसकेकोले तत्काल राहत प्याकेज उपलब्ध गराउन माग गरेको हो ।

यसैगरी, महासचिव योगेन्द्र कुँवरद्दारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा कोरोनाभाइरस बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रभावकारी व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) व्यवस्था हुनुपर्ने, अनौपचारिक एवं स्वरोजगार क्षेत्रका श्रमिक र व्यवसायीहरुलाई घरभाडा, करछुट र व्याज मिनाहा हुनुपर्ने, अत्यावश्यकबाहेकका कतिपय उद्योगहरु अझै सञ्चालनमै रहेकोले तत्काल लकडाउन गरी सम्भावित कोरोना संक्रामित हुनबाट रोक्नुपर्ने र वैदेशिक रोजगारीमा रहेका कामदारहरुको कोरोनाभाइरसबाट बचाउन र उद्दार गर्नुपर्ने भए सम्बन्धित देशको दूतावासमार्फत् तत्काल कूटनीतिक पहल गर्न गरिएको छ ।