२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


‘मोबाइल भ्यानबाट अब उपभोक्ताका घरघरमै दैनिक उपभोग्य सामग्री’


0
Shares

काठमाडौं, चैत १५ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्न आपूर्ति सहज बनाउन ‘मोबाइल भ्यान’ परिचालन गर्ने भएको छ ।

‘लकडाउन’को समयमा उपभोक्तालाई खाद्यान्न आपूर्ति सहजरुपमा गराउन स्थानीय सरकारसँग समन्वय गरी फोनबाट जानकारी लिने र उपभोक्ता पहिचाहन गरी सामग्री उपलब्ध गराउने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले टेलिफोन, इमेल तथा अनलाइनबाट ‘अर्डर’ लिएर दैनिक उपभोग्य सामग्री उपभोक्ताको घरसम्मै पुर्‍याउने तयारी भइरहेको बताए ।

आइतबारदेखि आधा सिलिन्डरमात्रै ग्यास वितरण गरिने पनि उनले जानकारी दिए ।

आपूर्ति पर्याप्त भइरहेको भन्दै उनले एक हप्ताभित्रै समस्या समाधान हुने दाबी गरे ।

सरकारले मौज्दात रहेको खाद्य सामाग्री आपूर्ति गरिरहेको भनेपनि उपभोक्ताले भने सामग्री पाउन सकेका छैनन् ।