२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


अलपत्र विदेशी पर्यटक धमाधम स्वदेश फर्काईदै : फर्कने बेलामा आँखाभरी आँशु (भिडियो)


0
Shares

काठमाडौं । कोभिड–१९ को संक्रमणा फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार र सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ ।

नेपालस्थित विभिन्न मुलुकका दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लैजान शुरु गरेका हुन् ।

सरकारले कोराना संक्रमण र रोकथाम र नियन्त्रणका लागि देशैभर लक डाउनको घोषणा गरेपछी नेपालमा अलपत्र परेका बिदेशीको आँखामा आँशु छल्किएको देखिन्छ । 

लकडाउनमा समयमा नेपालमा अलपत्र परेका करीब ७ सय भन्दा बढी बिदेशी नागरिकलाई सम्बन्धित देशका दूताबास र नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा स्वदेश फर्काईएको हो ।

शुक्रबार ६ सय ४ जना बिदेशी नागरिक स्वदेश फर्केकोमा शनिबार जर्मनी र फ्रान्सका सात सय भन्दा बढी नागरिकलाई स्वदेश फर्काईको र अन्य देशका केही नागरिकलाई पनि समावेश गरिएको जर्मन दूतावासका प्रतिनिधिको भनाई छ । लकडाउन पछि सुनसान बनेको त्रिभुवन बिमानस्थलमा बिदेशी पर्यटकहरुको घुंइचो नै लागेको थियो ।

जर्मनी र फ्रान्सको झण्डा राखी छुट्टाछुट्टै डेस्क नै खडा गरी बिवरण संकलन गरी उनीहरुलाई स्वदेश फर्काएको हो । स्वदेश फर्कन पाएकोमा केही बिदेशी भने दंग छन् भने केहीलाई आफनो देशमा भन्दा नेपालमा नै सुरक्षित रहेको महसुस भएको छ ।

फ्रान्सका लागि नेपालका राजदूत फ्रान्किोइ जेभर लेगर आफै आई बिमानस्थलमा आफना देशका नागरिकहरुको बिवरण संकलनमा तल्लिन भएको देखियो ।

नेपालको मुस्ताङ, लुक्ला, पोखराबाट ल्याईएका बिभिन्न देशका नागरिकहरुलाई उद्धार गरिएको हो । त्यसो त अझै नेपालका बिभिन्न पर्यटकीय क्षेत्रमा छुटेका नागरिकको हकमा पनि उद्धार गरिने भएको छ ।

तीन दिन अघी इमेज च्यानलको क्यामराले कैद गरेको नेपालमा अलपत्र परेको  पोलाण्डका नागरिक पनि बिमानस्थलम भेटियो । बिदेशी नागरिकलाई नेपाल सरकारले स्वदेश फर्काउन लागेको थाहा पाएर बिमानस्थल आइपुगेका उनी कुन रुट भएर स्वदेश फर्कने भन्नेमा अझै पनि अन्योल छ ।

सरकारले अलपत्र परेका बिदेशी नागरिकहरुलाई रेस्क्यु फ्लाइट कतार एअरवेजको बिमानबाट सिधै फङफर्ट र दोहा लगिने छ भने त्यहाँबाट कनेक्टिङ फ्लाइटबाट फ्रान्स र जर्मनी पुर्याइने छ । जे होस बिश्व जगतनै संकटको घडीमा रहेको बेला नेपालमा परेका बिदेशी नागरिकप्रति नेपाल सरकारले देखाएको यो सदासयता निकै नै प्रशंसनीय छ ।