२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अर्घाखाँचीका सबै स्थानीय तहमा क्वारेन्टाइन स्थापना


39
Shares

अर्घाखाँची । कोरोना भाइरसको रोकथामका लागी जिल्ला प्रशासनको नेतृत्वमा जिल्लाका ६ वटै स्थानीय तहमा जिल्लाभर २९० क्वारेन्टाइन बेडको स्थापना भएको छ ।

जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा ३०, पाणिनी गाउँपालिकामा ३०, भूमिकास्थान नगरपालिकामा १००, मालारानीमा गाउँपालिकामा ९०, सितगंगामा नगरपालिकामा २५, छत्रदेवमा १५ वटा क्वारेन्टाइन स्थापना भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

यता जिल्लामा अहिलेसम्म भारतबाट आएका ६ जना र अन्य शंकास्पद १० जना गरी १६ जनालाई सन्धिखर्क नगरपालिकाको  हटारीनेटामा रहेको युवा वर्ष रविचित्र माविको क्वारेन्टाइनमा राखेको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

जिल्लामा २५ दिनलाई पुग्ने अनुमानित खाद्यान्न र १५ दिनलाई पुग्ने पेट्रोलियम पदार्थ मौज्जाद रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।