३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


जुम्लामा दुईजना ‘आइसोलेसन’मा


0
Shares

जुम्ला, चैत १३ । जुम्ला कर्णाली प्राविधिक शिक्षालयको ‘क्वारेन्टाइन’मा राखिएका सिंजाका ३२ वर्षीय एकजनालाई ‘आइसोलेसन’मा राखेर उपचार थालिएको छ ।

भारतबाट आएका उनका १० वर्षीय छोरालाई पनि आइसोलेसनमा राखेर उपचार सुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए ।

ज्वरो आएपछि उनी अस्पताल आएका थिए ।

दुवैजनाको कोरोनाभाइरस भए/नभएको परीक्षण गराउन नमुना संकलन गरी काठमाडौं पठाउने तयारी भइरहेको छ ।

भारतबाट आएका पातारासी गाउँपालिकाका ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।