
कैलाली, चैत १२ । भारतीय सीमानाका भएर कैलाली आएकाहरुलाई स्थानीय तहहरुले क्वारेन्टाइनमा नराखी घर पठाएका छन ।
सरकारले लकडाउन गरेपछि भित्रिनेलाई क्वारेन्टाईनमा राख्न परिपत्र गरेपनि त्यसको अवज्ञा गर्दै स्थानीय तहले घर पठाएका हुन ।
कैलालीका १३ मध्ये १० वटा स्थानीय तहले उनीहरुलाई क्वारेन्टाइन राखेनन् । भारतबाट फर्किएकालाई टीकापुर नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पस, लम्की–चुहाले सरस्वती माबि र जानकी गाउँपालिकाले सरस्वती माबि दुगौलीमा क्वारेन्टाइनको व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्