१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


काठमाडौंमा थप एक जना कोरोना संक्रमित भएको पुष्टि


0
Shares

काठमाडौं । काठमाडौंमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

हिजो राति प्राप्त भएको कोरोना परीक्षण रिपोर्टमा थप एक जनामा संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले थप एक जनामा कोरोना पोजेटिभ देखिएको बताए ।

संक्रमण देखिएका बिरामीलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । संक्रमितको सबै कुरा गोप्य राखिएको छ । 

यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो ।

चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको टेकुमै उपचार भइरहेको छ ।