
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना भाइरस परीक्षणमा खटिएका स्वास्थ्यकर्मीलाई अत्यावश्यक पीपीई तथा मास्कको उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले पीपीई र N-95 मास्कको अभाव रहेकाले तत्काल उपलबध गराउन भनेका छन् । उनले कोरोना भाइरसको स्वाब परीक्षण प्रादेशिक अस्पतालबाट गर्न पनि सरकारलाई सुझाएका छन् ।
उनले भनेका छन्, ‘नेपाल भनेको काठमाडौ मात्रै हो भन्ने मानसिकताबाट बाहिर निस्केर सरकारले सबै प्रादेशिक अस्पतालहरूमा कोरोना भाईरस टेस्ट गरिने व्यवस्था गर्नुपर्दछ ।
उनले स्थल मार्ग र हवाई मार्ग बन्द रहेको अवस्थामा कोरोनाको स्वाब टेस्टको लागी देशभरबाट काठमाडौं नै पठाउँनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्