
रोमन आचार्य र रक्षा बज्राचार्य (इमेज)
काठमाडौं, चैत ११ । कोरोना संक्रमणबाट जोगिन ‘सेल्फ क्वारेन्टाइन’ यतिबेलाका उत्तम विधि हो ।
सरकारले देशलाई ‘लकडाउन’ गरेसँगै आमजनता घरमै छन् ।
मनोविद्हरु भने भ्रामक प्रचार तथा सूचनाका कारण मनोवैज्ञानिक त्रास बढेको भन्दै चिन्तित भएका छन् ।
अहिले विश्वका अधिकांश देशका मानिसहरु घरमै क्वारेन्टाइनमा छन् । संक्रमण देशभर फैलिन नदिन नेपाल सरकारले पनि देशलाई लकडाउन गरेको छ ।
अत्यावश्यकबाहेक सर्वसाधारण जनतालाई घरबाहिर निस्कन निषेध गरिएको छ ।
तर, भ्रामक प्रचारहरुले घरमा बसेका मानिसहरु त्रसित हुने हुँदा मनोविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।
संक्रमण नियन्त्रण गर्न लकडाउन गरेर जनतालाई घरमा सुरक्षित रहन आग्रह गरिएपनि त्यसको मनोवैज्ञानिक असर पर्नेतर्फ ध्यान दिनुपर्छ ।
विशेष गरेर बालबच्चा, वृद्धवृद्धामा यसको मनोवैज्ञानिक त्रास बढी पर्नसक्ने मनोविद्हरुको चिन्ता छ ।
प्रतिक्रिया दिनुहोस्