१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


फ्रान्सबाट आएका दुई युवा बागलुङ जिल्ला अस्पतालमा भर्ना


0
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङ जिल्ला अस्पतालमा दुई जना युवा भर्ना भएका छन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएका उनीहरु उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् ।

उनीहरुको थप स्वास्थ्य परीक्षणका लागि नमुना काठमाडौंको टेकु पठाउन लागिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए । 

काठमाडौंमा कोरोनाको संक्रमण देखिएकी १९ बर्षीया युवतीसँगै उनीहरु यही चैत ४ गते नेपाल आएका थिए ।

विमानमा उनीसँगै आएका अन्य यात्रुहरुको खोजी भइरहेको भन्दै सरकारले युवतीका परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको बताएको छ ।