Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


लयमा र्फकदैँ पर्यटन व्यवसाय


182
Shares

काठमाडौं । कोरोनाको महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ । सन् २०२० को अन्त्यमा फैलिएको कोरोना का कारण पछिल्लो समय पर्यटनमा गिरावट आएको थियो । सन् २०२० देखि भने पर्यटन आगमनमा सुधार हुँदै आएको छ ।

सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए । दोस्रो महिना फेब्रुअरी २० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए भने मार्च महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ४२ हजार पुगेको छ । यो संख्या हवाई मार्ग हुदै आउने पर्यटकको हो । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्ष सोहि अवधीमा १४ हजार ९ सय ७७ पर्यटक भित्रिएका थिए ।

पछिल्लो तीन महिनामा सबैभन्दा बढि भारतीय पर्यटक १५ हजार १३, दोस्रोमा अमेरिकाबाट ४ हजार ८ सय ९६ जना, तेस्रोमा बेलायतबाट ४ हजार २९, चौथोमा बंगलादेशबाट २ हजार १ सय ५२ जना नेपाल आएको पर्यटन कोर्डले जनाएको छ । नेपाल बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले समग्रमा नेपाल पर्यटन व्यपवसायमा ४५ प्रतिशतले सुधार भएको बताएका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।