Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


आफ्नो देश युद्धभूमि बनेपछि पोल्याण्ड पुगेका युक्रेनी कसरी बसिरहेका छन् ?


429
Shares

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनी नागरिक ज्यान जोगाउन छिमेकी मुलुकहरुमा शरण लिन पुगेका छन् ।

ती मध्ये धेरै युक्रेनीहरु पोल्याण्ड पुगेका छन्। युद्धभूमिबाट छिमेकी देशमा पस्नेहरुलाई ती छिमेकी देशका शहरहरु शरण लिन बरदान साबित भएका छन् । युक्रेनको छिमेकी देशको शहरमध्ये पोल्याण्डको भ्रोथलामा सबैभन्दा बढी युक्रेनी नागरिक रहेका छन् । त्यहाँ उनीहरुले पोल्याण्डका नागरिकबाट आश्रय र पहिचान र सहयोग प्राप्त गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार युक्रेनी शरणार्थीलाई सहयोग गर्न पोल्याण्डका नागरिकले हरसंभव प्रयास गरिरहेका छन् । खाना देखि बास बस्ने सम्मको ब्यवस्था भ्रोथलाका मानिसहरुले गरिरहेका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेको आज (सोमबार) ४० दिन पुगेको छ । युक्रेनी सेना बहादुरीपूर्वक रुसी सेना विरुद्ध लडिरहेका छन् । यो युद्ध रुसले सोचेभन्दा बढि लम्बिएको छ । रुसले ४० दिन बितिसक्दा पनि युक्रेन कब्जा गर्न सकेको छैंन । विभिन्न देशमा शरणार्थी बन्ने पुगेका युक्रेनका नागरिकहरु एक दिन आफ्नो देश फर्किनेमा विश्वस्त छन् र आफ्नो परिवारसँग छुटेकाहरूले छिटै आफ्नो परिवारसँग भेटिने आशा समेत गरेका छन् ।

युनिसेफका अनुसार युक्रेनका लाखौं शरणार्थीहरू मध्ये अधिकांस महिला र बालबालिका रहेका छन् । झण्डै १ करोड युक्रेनी नागरिकले देश छोडेका छन् । रुसले बिना कारण गत फेब्रुअरी २४ बाट युक्रेनमाथि हमला गरेको थियो ।