३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गरिने


1.339k
Shares

काठमाडौ । चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ ।
सोमबार सत्ता गठबन्नधनमा सहभागी दलका जिल्ला नेताहरुको बैठकले सत्ता गठबन्धनमा सहभागी दलहरुबीच आसन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका सहित जिल्लाका सबै स्थानीय तहमा तालमेल गरेर जाने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरेर जाने निर्णय गरेको हो ।

हिजोमात्रै चितवन काँग्रेसका नेताहरुले भरतपुर महानगरको मेयर पदमा काँग्रेसको दाबी रहने बताएका थिए । उता नेकपा माओवादी केन्द्रले पनि त्यस अघि नै मेयर पदमा पुनः आफ्नो पार्टीको दाबी रहने बताइसकेको छ ।

तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाइने पनि विज्ञप्तिमा उल्लेख छ । चितवनमा सात स्थानीय तह रहेका छन् । बैठकमा सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिको सहभागिता थियो ।