Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


डडेल्धुरा कांग्रेसद्वारा केन्द्रीय सभापतिलाई ध्यानाकर्षण पत्र


325
Shares

डडेल्धुरा । स्थानीय निर्वाचन नजिकिदै गर्दा क्रियासिल विवादमा असन्तुष्ट देखिएको नेपाली कांग्रेस डडेल्धुराले केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएको छ ।

छैटौंै जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लको उपस्थितिमा नेता कार्यकर्ताहरुसँगको अन्तर्क्रियामा सुझाव संकलनपछि आगामी स्थानीय निर्वाचनमा सबै नेता कार्यकर्ताको उचित मूल्यांकन गरि सहअस्तित्व सहितको सहभागिताका लागि पहलकदमी गरिदिन आग्रह गरेको छ ।

सत्ताशक्तिको दुरुपयोग गर्दै राजनीतिक दम्भका आधारमा अवमूल्यन र निषेध गरिए पार्टीले ठूलो जोखिम उठाउनु पर्नेतर्फ ध्यानाकर्षण गराउँदै राजनीतिक अधिकारलाई वेवास्ता गरेमा विद्रोह स्वरुप सामूहिक जनमतमा जाने निर्णय गरिएको सभापति मल्लले बताउनुभयो ।

सभापति मल्लको हस्ताक्षरित बिज्ञप्तीमा क्रियासिल विवाद समाधान नभई स्थानीय निर्वाचन केन्द्रीत कार्यक्रममा पनि निषेध गरिएकोमा आपत्ति जनाउँदै डडेल्धुराबासीको अभिभावकत्व ग्रहण गरि एकता र मेलमिलापको बाताबरण सिर्जना गरि निर्वाचनमा सक्रिय हुन सम्मानजनक समाधानको माग राखेको उल्लेख गरिएको छ ।