 
	    काठमाडौं, चैत ८ । उत्तर कोरियाले शनिबार छोटो दूरीको दुईओटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।
दक्षिण कोरियाली सेनाकाअनुसार सो क्षेप्यास्त्र प्योनगान प्रान्तबाट सी अफ जापानतर्फ प्रक्षेपण गरिएको हो ।
ती क्षेप्यास्त्र ४१० किलोमिटरसम्म उडेको र ५० किलोमिटरको उचाइमा पुगेको दक्षिण कोरियाली सेनाको भनाइ छ ।
जापानले आफ्नो सीमाबाहिर एउटा क्षेप्यास्त्र खसेको पुष्टि गरेको छ ।
विश्व ‘कोरोनाभाइरस’ संक्रमणसँग जुझिरहेको बेला गरिएको परीक्षण अत्यन्त अनुचित भएको दक्षिण कोरियाले जनाएको छ ।
उत्तर कोरियाले अप्रिल १० मा संसदको भेला गर्ने घोषणा गरेको छ । जसका लागि देशभरबाट ७०० नेताहरू एकै स्थानमा भेला हुने छन् ।
उत्तर कोरियामा कोरोनाको संक्रमण छैन । तर, केही विज्ञहरू जानकारी लुकाइएको हुनसक्ने मान्छन् ।
चीन र दक्षिण कोरियासँग उत्तर कोरियाको सीमा जोडिएको छ । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्