Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


के -के पर्छन अत्यावश्यक सेवामा ?


0
Shares

काठमाडौं । सरकारले विशेष निर्णय गरी आशिंक राक लगाइएका अन्तर्राष्ट्रिय उडान र पर्यटन आवागमनबाहेक अन्य सबै यसअघि अत्यावश्यक सेवा भनेर राजपत्रमा प्रकाशित सूचीअनुसारको सेवा हुन् । गत अशोजमा प्रकाशन गरेको राजपत्रमा अत्यावश्यक सेवाका १९ वटा सूची छन् ।

अत्यावश्यक सेवामा डाँका, तार वा टेलिफोन, जल, स्थल वा वा हवाइजहाज यात्री वा मालसामान ओसारपसार गर्ने यातायात, हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको संचालन वा मर्मत, हवाई, ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने काम पर्छन ।

प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी, हातहतियार खरखजना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने काम सम्बन्धित नेपाल सरकार र रक्षा व्यवस्थाको कुनै सेवा, संचार, आन्तरिक सुरक्षा कार्यसम्बन्धी, खानेपानीको संचालन तथा वितरण, पर्यटन, आवास, मोटेल, होटल रेष्टुराँ र रिसोर्टसम्बन्धी, पेट्रोलियम पदार्थ, (एलपी ग्यास समेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरण पनि अत्यावश्यक सेवामा पर्छन ।

त्यस्तै अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन र एम्बुलेन्सलगायतका सेवा, औषधि निर्माण तथा विक्री वितरण, फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, बैंकिङ, बिमा, विद्युत, दैनिक उपभोग्य बस्तु(खाद्यान्न, दाल, चामल, नुन–तेल)को पैठारी ढुवानी, भण्डार र वितरण, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना पनि अत्यावश्यक सेवा हुन् । -कान्तिपुर दैनिकबाट