१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


आज मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदै


195
Shares

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज शुक्रबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

चौथो खेलमा मलेसियाले पपुवा न्युगिनीसँग खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने खेल साढे १२ मा सुरु हुनेछ ।

आज मलेसिया दोस्रो जित निकाल्ने योजनामा हुनेछ । मलेसिया पपुवा न्युगिनीलाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ ।

पपुवा न्युगिनी भने पहिलो जितको खोजीमा हुनेछ । तर, फराकिलो अन्तरले जित निकाल्न सके पपुवा न्युगिनीको पनि फाइनल पुग्ने सम्भावना कायमै रहने छ ।

सिरिज अन्तर्गत नै भएको पहिलो भेटमा मलेसियाले पपुवा न्युगिनीलाई ८ रनले हराएको थियो ।

नेपाल भने लगातार ३ खेल जित्दै फाइनल पुगिसकेको छ ।