काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष सहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दावी सहित विशेष अदालत काठमाडौंमा बिहिबार मुद्दा दर्ता गरेको छ ।
गाउँपालिकामा विद्युतीकरण गर्ने क्रममा सामानको मूल्यमा घोटाला गरेको ,चाहिने भन्दा बढी सामानको बिल बनाएर भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाका अध्यक्ष सहित विभिन्न वडाका विद्युत उपभोक्ता समितिका पदाधिकारीविरुद्ध छुट्टा-छुट्टै बिगो माग दावी गर्दै मुद्दा दर्ता गरिएको हो ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्