Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी


182
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानून तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ ।

आज (बिहिबार) आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था समेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभएकाे हाे। प्रवक्ता पौडेलका अनुसार आयोगले आम मतदातालाई सूचना उपलब्ध गराउने उद्देश्यले आयोग परिसरमा कल सेन्टरको स्थापना गरेको छ ।

प्रवक्ता पौडेलले कल सेन्टर स्थापना भएको दुई दिनमा आयोगमा पहिलो दिन ३ सय १० र दोस्रो दिन २ सय ६१ जना मतदाताहरुको जिज्ञासा समाधान गरेको पनि बताउनुभयो । आयोगले मतदान सम्बन्धि जिज्ञासाका लागि ११०२ नम्बरको टोल फ्रि नम्बर उपलब्ध गराएको छ ।

कल सेन्टरमा मतदाता नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षा लगायतका विषयमा आम मतदाताहरुबाट जिज्ञासा आउने गरेको आयोगले जनाएको छ ।