सुनसरी । नेपाल बिद्युत प्राधिकरणले दैनिक रुपमा अघोषित लोडसेडिङ सुरु गरेपछि मोरङ र सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको उत्पादनमा ६० प्रतिशत कटौती गरेका छन् । दैनिक १२ घण्टा लामो लोडसेडिङका कारण उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको उद्योगीहरूको भनाई छ । सुकारले विद्युत आपूर्तिलाई सहज नबनाए धेरै उद्योग बन्द हुने उनीहरूले बताएका छन् । सहज रुपमा विद्युत आपुर्तिको व्यवस्था मिलाउन उद्योगीहरूले माग समेत गरेका छन् ।
मंगलकार मोरङ व्यापार संघ उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले संयुक्त पत्रकार सम्मेलन गरेर बैँकको चर्को व्याज, तरलता अभाव, कोभिडको महामारीको समस्याबाट थलिएका उद्योगी व्यवसायीहरू लोडसेडिङको समस्या थपिदा उठ्नै नसक्ने अवस्थामा पुगेको बताएका छन् ।
मोरङ व्यापार संघका पुर्वअध्यक्ष पवन कुमार सारडाले प्राधिकरणले चाहिए जति बिजुली दिन्छौँ भनेर उद्योग थपेको तर, अहिले आएर लोडसेडिङ गर्दा आफुहरू मारमा परेको सुनाए । उनले भारत र बंगलादेश निर्यातको कुरा गर्न सरकार र प्राधिकरणले जनतालाई ढाँटिरहेको आरोप लगाए ।
यो समाचार आजको कारोबार दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्