Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सरकारी ठेक्कामा सधैं चलखेल


78
Shares

काठमाडौं । निर्माण व्यवसायीहरूले प्रतिस्पर्धालाई सीमित गरी मिलेमतोमा सरकारी ठेक्का लिन खोजेको भन्दै सोमबार एकैदिन दुईवटा बोलपत्र रद्द गरिएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल र नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण गर्न निकालिएको बोलपत्रमा सरकारी कर्मचारी र व्यवसायीले मिलेमतो गरी राज्यलाई हानि–नोक्सानी पुर्‍याउन खोजेको भन्दै बोलपत्र रद्द गरिएको हो ।

यी २ ठेक्का करिब ६ अर्ब रूपैयाँ लागतका थिए। सरकारी निर्माणलाई मितव्ययी र पारदर्शी बनाउने भन्दै सरकारले निर्माण व्यवसायीकै आग्रहमा पटक–पटक सार्वजनिक खरिद नियमावली संशोधन गरेको छ । तर ठेक्कापट्टामा मिलेमतो गरी राज्यकोष दोहन गर्ने प्रवृत्ति अहिलेसम्म हटेको छैन भन्ने पछिल्ला उदाहरण यी दुई ठेक्का बनेका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।